कम्युनिष्ट आन्दोलनका योद्धा तथा पुराना कम्युनिष्ट नेता इन्द्रलाल लामाको आज ८२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि विभिन्न रोगबाट पीडित सिरहाको गोलबजार नगरपालिका–६ निवासी पुराना वामपन्थी नेता लामाको उपचारका क्रममा विराटनगरमा निधन भएको परिवारका सदस्यले बताएका छन् ।
विसं १९९५ फागुन १४ गते जन्मिनुभएका लामा २०१६–०१७ सालदेखि वाम राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । तत्कालीन वाम राजनीतिका नेताहरू कृष्णप्रसाद अधिकारी, रघुनाथ पोखरेलको सम्पर्कमा कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएका लामा उहाँहरूको विचारसँग सहमति हुन नसकेपछि जयगोविन्द साहको नजीक भएर काम गर्नुभएको थियो । उहाँ कम्युनिष्ट पार्टीको चौथो महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो ।
यसैबीच लामाको पार्थिव शरीरमा नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश), पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com