काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–३ मा शुक्रबारबाट शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । नागरिकलाई घरआँगनमा नै स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यले नगर प्रमुख महेश खरेलले सो केन्द्रको उद्घाटन गर्नुभएको हो ।
आन्तरिक व्यवस्थापनमा ल्याइएको सेवा केन्द्र नगरपालिकाकै कर्मचारीलाई व्यवस्थापन गरेर सञ्चालन भएको नगरपालिकाले जनाएको छ । स्वास्थ्य केन्द्र उद्घाटन गर्दै नगर प्रमुख खरेलले प्रत्येक नागरिकको घरघरमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले शहरी स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको बताउनुभयो । सो क्रममा उहाँले ६५ वर्षभन्दा माथिका उमेर समूहका आमाबुबालाई घरघरमा नै पुगेर मुस्कानसहित स्वास्थ्य जाँच गर्ने बताउनुभएको छ ।
वडा नं ३ का वडाध्यक्ष सुन्दर अधिकारीले स्वास्थ्य सेवा सुलभ बनाउने उद्देश्यले नागरिकलाई स्वास्थ्यको पहँुच पु¥याउनका लागि वडाको विशेष पहलमा केन्द्र स्थापना भएको बताउनुभयो । स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डाक्टर नरेन्द्रकुमार झा र पाँचखाल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उज्ज्वल अधिकारीलगायतले केन्द्रबाट प्रदान गरिने स्वास्थ्य सेवाको बारेमा चर्चा गर्नुभएको थियो ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com