एक अदृश्य शत्रु, कोरोना । संसारका सबै राष्ट्रमा विजय नै प्राप्त गरिसकेको थियो यो शत्रुले, तर पनि यसलाई परास्त गर्न सबै राष्ट्रहरु लागि परेका थिए र अझै पनि लागि परिरहेकै छन । चलचित्रको नायक र खलनायक बिचको द्वन्द जस्तो यो क्रम चलेको पनि लगभग एक बर्ष भईसक्यो। व्यक्तिगत रुपमा म स्वयम् पनि बिगत १० महिना देखि घरबाटै काम गरिरहेको छु । कहिलेकाँही आक्कल-झुक्कल काममा जानु पर्ने हुन्छ, तर पनि घर बाहिर हिंड्न अझै पनि मनमा एक किसिमको डरले बसोबास गरिरहेको अबस्था छ। म एक इमान्दार कर्मचारी, मेरो दृस्टीकोणमा ( जुन अरुको दृस्टीकोण वा सोचमा गलत पनि हुन सक्दछ) म आफ्नो संस्था र सेवा प्रति इमान्दार छु र आफ्नो सेवा दिए बापत संस्थाले दिएको पारिश्रमिक प्रति निर्भर छु, जसको अरु कुनै आयश्रोत छैन, अहिलेको यो कोरोना कालमा !
साथीहरु धेरै छन् यो परदेशमा, तर मित्र एकदमै कम । हुन् पनि कुनै एक विद्वानले “मित्र भनेका औलामा गन्न सक्ने मात्र हुनु पर्छ” भनेको सम्झन्छु यो एकान्तमा । मेरा मित्र बर्ग अलि टाढा छन्, जो सहयोगको लागि सधै तत्पर रहन्छन, तर पनि मनले सधैं नजिकैको भूत खोजिरहेको हुन्छ। कारण, केहि परि हाल्यो भने “टाढाको देउता भन्दा नजिकको भूत नै काम लाग्छ” भनेर मेरी हजुरआमाले भनेको सम्झन्छु । टाढाका देउतालाई पनि सधै यता आउन सम्भब छैन र म स्वयंमलाई पनि सधै उता जान सम्भब हुदैन ।
म र अदृस्य शत्रुको बारेमा कुरा गरियो, जसमा म एक प्रतिनिधि पात्र मात्र हुँ र यो प्रतिनिधि पात्र म मात्र नभएर हजुरहरु सबै हुनुहुन्छ होला जस्तो लाग्छ । हाल नभए पनि बिगत एक बर्षभित्र कुनै न कुनै समयकालमा हजुरहरुले आफूलाई म जस्तै एक प्रतिनिधि पात्रको रुपमा महशुस गर्नु भएको छ भन्ने मलाई लाग्दछ ।
अब कुरा गरौँ प्रणय दिवसको जुन भर्खरै सिद्धियो। जुन प्रेमीहरुको बिशेष दिन भनेर चिन्निन्छ । प्रणय दिवस, प्रेमी-प्रेमिका वा प्रेम, जे भने पनि आजको दिवस अति नै महत्वपूर्ण छ, बिशेषगरि पश्चिमी मुलुकहरुमा । प्रेमी-प्रेमिका अथवा पति-पत्नी बिचमा घर-परिवारमा नराम्रो भए पनि, सामाजिक संजालमा त्यसलाई प्रकाशित गर्दा धेरै राम्रो सम्बद्ध भएको पुष्टि हुनेको गरेको देखिन्छआजकाल। यसैको बिपरित सामाजिक संजालमा खासै रुची नराख्ने, नरुचाउने वा कार्य-व्यस्तताले नभ्याउने जोडीहरु बिच राम्रै सम्बन्ध भए पनि, जनमानसमा उनीहरुको सम्बन्धको बिचमा नकारात्मक चर्चा चल्ने देखिएको छ। मेरो अनुभवमा प्रेम भनेको आजकाल सामाजिक संजालमा मात्र सिमित भएको देखिन्छ। सामाजिक सम्बन्ध आफैमा नराम्रो होइन, यसका केहि सकरात्मक नतिजा पनि छन् | म स्वयमले पनि मेरो पुराना नातागोता र पुराना साथीहरुसित् धेरै बर्ष पछि राम्रो सम्बन्ध राख्न सहयोग गरेको छ, हजुरहरुले पनि यो अनुभब लिनु भएको छ भन्ने मलाई लाग्दछ |
प्रेम स्वय नै पवित्र छ, तर बास्तवमा प्रेम भनेको अरु कसैलाई मन पराउनु मात्र हो त, कि त्यस सम्बन्ध प्रति ईमान्दार भएर लाग्नु वा त्यस प्रति जिम्मेवार रहनु हो । धेरै जसो सम्बन्ध, आजको समय परिस्थिथीमा बास्तविक प्रेम नबुझेका, आफ्नो प्रेम प्रति बिश्वास नभएका र आफ्नो प्रेम सम्बद्धलाई सुधार्न लागि पर्नु भन्दा पनि सामाजिक संजालको सहारा लिएर आफ्नो प्रेम अरुहरुको भन्दा पवित्र र दिगो छ भनेर देखाउन लागि परेको हो कि भन्ने भान हुन्छ मलाई |

बिपुल नेपाल
न्यु ह्याम्प्सायर, अमेरिका
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com