ओली सरकारको तीन वर्ष पूरा, एक वर्षपछि प्रधानमन्त्री आज सिंहदरबार जाँदै

३ फाल्गुन २०७७, सोमबार १२:१५

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले आज तीन वर्ष पूरा गरेको छ ।

सरकारले तीन वर्ष पुरा गरेको अवसरमा प्रधानमन्त्री ओली आफ्नो सरकारका उपलब्धी पुनःनिर्मित सिंहदरबार परिसरमा एक विशेष कार्यक्रमका साथ सार्वजनिक गर्दैछन् ।

प्रतिनिधिसभा विघटन गरेपछि आलोचना खेप्दै आएका प्रधानमन्त्रीले सम्बोधनमा सरकारको बचाउ गर्ने सम्भावना छ । प्रधानमन्त्री ओलीले आफ्नो तीन वर्षे कार्यकालको समीक्षा गर्ने उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय एक वर्षपछि सर्न तथा सरकारका नीति कार्यक्रम सार्वजनिक गर्न लागेका हुन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.