एजेन्सी । कोरोना भाइरसविरुद्धको खोप लगाउँदा महिला प्रजनन् क्षमतामा कुनै प्रभाव नपर्ने विज्ञहरुले बताएका छन् ।
सामाजिक सञ्जालहरुमा कोरोनाको खोप लगाउँदा महिलाको प्रजनन् क्षमतामा असर गर्ने दाबी गर्ने पोष्टहरु आइरहेका बेला विज्ञहरुले भने त्यस्तो कुनै असर फेला नपरेको जनाएका हुन् । फाइजरको खोपले प्रजनन् क्षमतामा असर पार्ने र बाँझोपन हुने सक्ने दाबी गर्दै नकारात्मक सन्देशहरु सामाजिक सन्जालमा पोष्ट भएका थिए ।
बेलायतको किंग्स कलेजकी प्राध्यापक लुसी चापेलले जैविक रुपमा महिलाको प्रजनन् क्षमतामा खोपले असर गर्ने सम्भावना नरहेको स्पष्ट पार्नुभयो । उहाँले अरु भाइरसविरुद्धका खोपले पनि प्रजनन् क्षमता कुनै असर नपारेको, पूर्ण सुरक्षित रहेको र गर्भावस्थामा समयमा पनि प्रयोगका लागि सिफारिस भइरहेको बताउनुभयो ।
गर्भावस्थाको स्वास्थ्यसम्बन्धी विज्ञ रहेकी च्यापेलले प्रजनन् र कोरोना खोपको सम्बन्धबारे चासो राख्नु पर्ने विषय नभएको जनाउनुभयो । कोरानाविरुद्धको खोप अभियान चलिरहँदा खोपबारे गलत र भ्रमपूर्ण अफवाहहरु फैलिएका छन् । तर विज्ञहरुले भने यस्ता अफवाहको पछि लाग्न नहुने भन्दै कोरोना महामारी नियन्त्रणका लागि खोप नै उत्तम विकल्प रहेकोमा जोड दिएका छन् ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com