काठमाडाैं । काठमाडौंमा जारी राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।
पहिलो खेलमा नेपाल आर्मी क्लब र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो १२ बजे सुरु हुनेछ । त्यस्तै दिउँसो ३ बजे हुने अर्को खेलमा विराटनगर महानगरपालिका र चौदण्डीगढी नगरपालिका उदयपुरबीच प्रतिस्पर्धा हुनेछ ।
यसअघि हिजो भएको खेलमा नेपाल पुलिस क्लबले रौतहटको चन्द्रपुर नगरपालिकालाई पराजित गरेको थियो ।
उक्त जितसँगै पुलिसले तेस्रो स्थानमा रहेको स्याङ्जाको वालिङ नगरपालिकासँग अङ्क बराबरी गरेको थियो। १४ अङ्क जोडेको पुलिस गोल अन्तरको आधारमा चौथो स्थानमा छ ।
चन्द्रपुर ६ अङ्कसहित छैठौं स्थानमा छ । शीर्ष स्थानमा रहेको एपीएफको २४ अङ्क छ, भने आर्मी २२ अङ्कसहित दोस्रो स्थानमा छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com