एजेन्सी । चीन सरकारले बीबीसी वर्ल्ड सर्भिस टेलिभिजनलाई आफ्नो देशभित्र प्रशारण गर्न प्रतिबन्ध लगाएको छ । अनुचित र असत्य पत्रकारिता गरेको आरोप लगाउँदै चीनले प्रशारणमा रोक लगाएको हो ।
कोरोना भाइरस महामारी र सिनजियाङमा उइगर मुसलमान समुदायलाई शोषण गरेको विषयमा प्रशारित समाचारलाई लिएर यसअघि नै चीनले आपत्ति जनाइसकेको थियो ।
गत हप्ता मात्र बेलायतको सञ्चार नियामक अफकमले चीनको सरकारी नियन्त्रणमा रहेको च्यानल सीटीजीएनको प्रशारण लाइसेन्स खारेज गरेको थियो ।
बेलायतको विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशित गर्दै चीनको यो निर्णयले विश्वसामु उसको प्रतिष्ठा घटाउने जनाएको छ । उसले चीनमा इन्टरनेट र सञ्चारमाध्यममा सबैभन्दा कडा प्रतिबन्ध लगाइएको समेत दावी गरेको छ ।
चीनमा बीबीसी वर्ल्ड सर्भिस टिभिको प्रशारण रोकिनुले धेरै असर नपर्ने बीबीसीको दावी छ । चीनमा यसअघि नै यो च्यानल अधिकतम मानिसहरुका लागि उपलब्ध नरहेको बीबीसीले जनाएको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com