एजेन्सी । एफए कप फुटबलमा म्यानचेस्टर सिटी क्वाटरफाइनल प्रवेश गरेको छ ।
बुधबार राति च्याम्पियनसिप क्लब स्वान्सी सिटीलाई ३-१ गोल अन्तरले पराजित गर्दै सिटीले क्वाटरफाइनलमा स्थान बनाएको हो ।
स्वान्सीको मैदानमा सिटीलाई जित दिलाउन केली वाल्कर, रहिम स्ट्रर्लिङ र ग्राबियल जिससले एक एक गोल गरे । स्वान्सीका मोर्गन ह्वाइटकरले एक गोल फर्काए ।

खेलको ३० औं मिनेटमा वाल्करले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ४७ औं मिनेटमा स्ट्रर्लिङले गोल गरेपछि सिटीको अग्रता २-० को बन्यो ।
५० औं मिनेटमा जिससले गोल गर्दै सिटीलाई ३-० को अग्रता दिलाए । त्यसपछि खेलको ७७ औं मिनेटमा स्वान्सीका मोर्गनले एक गोल फर्काएपनि सिटी ३-१ ले विजयी भयो ।
यससँगै सिटीले सबै खेलमा गरि लगातार १५ खेलमा जित निकाल्ने टोलीको कीर्तिमान बनाएको छ । सिटीले सन् १९८७/८८ को सिजन आर्सनलले बनाएको १४ जितको कीर्तिमान भङ्ग गरेको हो ।
लेष्टर सिटीले ब्राइटनलाई १-० ले हराएर क्वाटरफाइनलमा स्थान बनाएको छ । लेष्टरको जितमा केलिचीले निर्णायक गोल गरे ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com