२१३ कोरोना संक्रमित थपिदा २९६ जना निको

१५ माघ २०७७, बिहीबार १६:२९

काठमाडौं ।  पछिल्लो घण्टामा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

योसंगै हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ७० हजार ५८८ पुगेको छ। पछिल्लो २४ घण्टामा मृत्यु सुन्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या दुई हजार २० पुगेको छ।

पछिल्लो २४ घण्टामा २९६ जना निको भएर फर्किएका छन्। योसंगै कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६५ हजार ३६५ पुगेको छ। हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार २ सय ३ जना रहेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.