ज्वराे आएपछि किन हुन्छ टाइफाइड ? यस्तो छ यस्तो लक्षण र बच्ने उपायहरू

१४ माघ २०७७, बुधबार १४:०२

एजेन्सी । ज्वराेलाइ सामान्य रूपमा लिँदा कुनै बेला मानिस टाइफाइड भएकाे पत्तै पाउँदैन । कलेजोको कमजोरीले निम्त्याउने टाइफाइड एक संक्रामक रोग हो । टाइफाइड हुदाँ शरीरमा ज्वरो आउँछ र शरीर दुख्न थाल्छ ।

टाइफाइड शरीरमा संक्रमणको कारणले हुन्छ । यसले बिस्तारै कलेजोमा नोक्सान पुर्‍याउँछ र पुरै शरीरलाई असर गर्दछ ।

  • टाइफाइडको लक्षण
  • अचानक ज्वरो आउनु
  • बान्ता हुनु
  • पेट तथा टाउको दुख्नु
  • कब्जियत हुनु
  • कमजोरी महशुस हुनु
  • अत्याधिक पसिना आउनु
  • टाउकोमा चिसो महशुस हुनु
  • टाइफाइड हुने कारण
  • फोहोर एवम् दुषित पानीको सेवन
  • फोहार पानीले नुहाउनु
  • दुषित पानीले खाना बनाउनु/पकाउनु
  • दुषित पानीले फल एवम् तरकारी धुनु
  • टाइफाइटग्रस्त व्यक्तिसँग संसर्ग गर्नु

टाइफाइडबाट बच्ने उपाय
१. पानीलाई राम्ररी उमालेर चिसो भएपछि मात्र पिउने
२. सधै स्वच्छ पानी मात्र पिउने
३. खाना खानुअघि राम्ररी हात धुने
३. जतिसक्दो, ताजा र पौष्टिक आहारा लिने
४. तारेको, भुटेको खानेकुरा नखाने
५. टाइफाइडग्रस्त मानिसको संसर्ग नगर्ने

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.