काठमाडौं । आजदेखि सुरु भएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियानका क्रममा ९ हजारभन्दा बढी व्यक्तिले खोप लगाएका छन् ।
पहिलो दिन बुधबार ५ बजेसम्ममा देशभर ९ हजार ८४ जनाले खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले खोप अभियानको पहिलो दिन आज सातै प्रदेशका गरी ९ हजार ८४ जनाले खोप लगाएको बताएका छन् । डा. गौतमकाअनुसार देशभर ६४ जिल्लाका ९४ खोप केन्द्रमार्फत उनीहरुले खोप लगाएका हुन् ।
जसअनुसार प्रदेश १ मा १ हजार २ सय ५५, प्रदेश २ मा ७ सय २६, बागमतीमा २ हजार ६ सय ९४, गण्डकीमा १ हजार ८ सय ४३, लुम्बिनीमा ७ सय ३३, कर्णालीमा ७ सय ५१ र सुदूरपश्चिममा १ हजार ८२ जनाले खोप लगाएका छन् ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com