काठमाडौं, माघ १३ । भाेलीबाट कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जुटेको छ।
पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका ४ लाख ३० हजारलाई खोप दिइने छ। पहिलो चरणमा फन्टलाइनरमा खटेका चार वटा ग्रुपलाई खोप दिने मन्त्रालयका डा. जागेश्वर गौतमले बताए।
उनले भने, ‘पहिलो प्राथामिक्ता फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्नेलाई खोप दिने दिइने छ। त्यसपछि भने क्रमशः प्राथमिकताको आधारमा खोप दिइने छ।’
पहिलो दिन ७ वटै प्रदेशमा ६२ वटा अस्पताल र १ सय २० बढी खोप केन्द्रबाट खोप अभियानको सुरुवात गर्ने सरकारको तयारी छ। उपत्यकामा भने खोप लगाउने कार्यक्रम ११ वटा अस्पतालबाट हुने छ। यस्तै एक बुथबाट दैनिक एक सय जनालाई लगाउन सकिने छ।
उपत्यकामा खोप कार्यक्रम कहाँ?
- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
- वीर अस्पताल
- त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज
- परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल
- पाटन अस्पताल
- आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल, कीर्तिपुर
- भक्तपुर अस्पताल
- शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र, भक्तपुर
- नेपाल मेडिकल कलेज, जोरपाटी
- सशस्त्र प्रहरी बलम्बु अस्पताल
- शहिद गंगालाल अस्पताल
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com