एजेन्सी, माघ १३ । अमेरिकाको वित्त मन्त्रीमा ज्यानेट यलेन नियुक्त हुने पक्का भएको छ । माथिल्लो सदन सिनेटले उनको नाम अनुमोदन गरेको हो ।
अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनले ज्यानेटलाई वित्त मन्त्रालयको जिम्मेवारी सुम्पिने गरि उनको नाम मनोनित गरेका थिए । सुनुवाईपछि भएको मतदानमा सिनेटले ज्यानेटको नाम अनुमोदन गरेसँगै उनी वित्त मन्त्री बन्ने पहिलो महिला बनेकी छन् ।
सन् २०१४ देखि २०१८ सम्म अमेरिकी केन्द्रीय बैंकको प्रमुख रहेकी ज्यानेटलाई सिनेटको अर्थ समितिमा रहेका दुवै पार्टी (डेमोक्र्याटिक र रिपब्लिकन) का सांसदले समर्थन गरेका थिए ।
बाइडेन प्रशासनको कोरोना महामारीले सिथिल अर्थतन्त्र उकास्नका लागि अर्थ नीतिका लागि ज्यानेट जिम्मेवार हुने छिन् । माथिल्लो सदन सिनेटमा ज्यानेटको अनुमोदनका लागि जनवरी १९ देखि सुनुवाई सुरु भएको थियो ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com