काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप अभियान माघ १४ गते बिहान १० बजे सुरु गर्ने भएको छ।
प्रधानमन्त्री केपी ओलीले अभियान शुभारम्भ गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले सातै प्रदेशका ६२ अस्पताल र १ सय २० भन्दा बढी खोप केन्द्रबाट अभियान शुभारम्भ गरिने जानकारी दिए। सो समय प्रदेशमा रहेका अस्पताल तथा काठमाडौंका प्रमुख अस्पताल भर्चुअल विधिबाट प्रत्यक्ष जोडिनेछन्।
करिब ४ लाख ३० हजार जनालाई खोप लगाउने लक्ष्य राखी कार्य तीव्र रूपमा अघि बढाइएको मन्त्री त्रिपाठीले बताए। ७७ वटै जिल्लाका ३ सय खोप केन्द्रमार्फत माघ १८ गतेभित्र खोप प्रदान गरिने भएको छ।
‘यो खोप निर्धक्क भएर लगाउन हुन अनुरोध गर्न चाहन्छु’, खोप अभियानबारे जानकारी दिन आइतबार आयोजित कार्यक्रममा मन्त्री त्रिपाठीले भने।उनले सरकारको अथक परिश्रम र भारत सरकारको सद्भावले प्राप्त खोप खेर जान नदिन मन्त्रालयले निर्देशनसमेत दिएको बताए। पहिलो चरणको खोप लगाउन सुरु गरेको १० दिनभित्र अभियान सम्पन्न गरिनेछ।
सरकारले ७२ प्रतिशत जनसंख्यालाई खोप निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ। सोहीअनुसार भारतले नेपाललाई १० लाख डोज अनुदानमा उपलब्ध गराएको छ। पहिलो चरणमा फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर संकलक तथा चालकहरू, एम्बुलेन्स तथा शववाहन चालक तथा सहचालकहरू, प्रत्यक्ष उपचार सेवा दिने तथा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा प्रत्यक्ष खटिने व्यक्तिहरूले खोप लगाउनेछन्।
त्यस्तै, स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा कार्यरत स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी, वृद्धाश्रममा रहेका व्यक्ति, हेरचाह तथा व्यवस्थापनमा खटिने कर्मचारी तथा जेलमा रहेका केही कैदी तथा सुरक्षाकर्मीलाई खोप सेवामा सहभागी गराइनेछ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com