२७० जना कोरोना संक्रमित थपिए, थप ७ जनाको मृत्यु

११ माघ २०७७, आईतवार १६:४४

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

योसंगै हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६९ हजार ४५० पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार १ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय ३ जना निको भएर फर्किएका छन्।

कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६४ हजार १३७ पुगेको छ। हाल सम्म सक्रिय कोराना संक्रमितका संख्या ३ हजार ३ सय १२ रहेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.