काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वभर छ लाख ४६ हजार चार सय ६४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन । योसँगै विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या नौ करोड ८७ लाख नौ हजार नौ सय ४३ पुगेको छ ।
सोही अवधिमा कोरोना संक्रमणका कारण १५ हजार सात सय ५६ जनाको मृत्यु भएको छ । हालसम्म संक्रमितमध्ये २१ लाख १४ हजार पाँच सय ७८ जनाको मृत्यु भइसकेको छ ।
विश्वमा रहेका संक्रमितमध्ये सात करोड आठ लाख ९२ हजार पाँच सय ९५ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन । बाँकी दुई करोड ५७ लाख दुई हजार सात सय ७० जना कोरोना संक्रमित हाल उपचाररत रहेका छन । नेपालमा हालसम्म दुई लाख हजार ६८ हजार नौ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ ।
नेपालमा रहेका संक्रमितमध्ये एक हजार नौ सय ८६ जनाको मृत्यु भएको छ भने दुई लाख ६३ हजार तीन सय ४८ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन । नेपालमा पहिलोपटक गत वर्ष (२०७६) को माघ ९ गते एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
विश्वमा कोरोना भाइरसको संक्रमित पहिलोपटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो भाइरस फैलिएर अहिले विश्वका दुई सय १५ देश तथा क्षेत्रमा पुगेको छ ।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार कोरोना भाइरस संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेका छन । अमेरिकामा हालसम्म दुई करोड ५३ लाख ८८ हजार चार सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अमेरिकामा कोरोनाका कारण हालसम्म चार लाख २४ हजार एक सय ३४ जनाको मृत्यु भएको छ ।
भारतमा कोरोना संक्रमितको संख्या एक करोड ६ लाख ४० हजार पाँच सय ४४ पुगेको छ । भारतका संक्रमितमध्ये एक लाख ५३ हजार २९९ जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमित धेरै हुने तेस्रो देश ब्राजिलमा कोरोना संक्रमित ८७ लाख ५५ हजार एक सय ३३ जना पुगेका छन्, जसमध्ये दुई लाख १५ हजार दुई सय ९९ जनाको मृत्यु भइसकेको छ ।
विश्वभर कोरोना संक्रमित बढी हुनेमा अमेरिका अग्रस्थानमा रहेको छ । अमेरिकापछि क्रमशः भारत, ब्राजिल, रूस, बेलायत, फ्रान्स, स्पेन, इटाली, टर्की, जर्मनी, कोलम्बिया, अर्जेन्टिनालगायत रहेका छन ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com