काठमाडौं , माघ १० । नेपालमा बालबालिकालाई धेरै हुने समस्यामध्ये निमोनिया पहिलो नम्बरमा आउँछ। निमोनिया फोक्सोको संक्रमण हुने रोग हो। यो रुघाखोकी बिग्रेर हुन्छ । निमोनिया प्राय बालबालिकालाई मात्र हुने भनेर बुझिए पनि यसले बुढेसकालसम्मै दुःख दिन्छ। 

 फोक्सोको संक्रमण धेरैजसो किटाणुहरुले गराउँछ । किटाणुबाहेक अरु चिजले पनि गर्छ । त्यसैले जाडो मोसममा बालबालिकालाई निमोनिया हुन नदिन अभिभाबक निकै सावधान रहनुपर्छ। यस्ता लक्षण देखिएका बालबालिकालाई निमोनिया भएको थाहा पाउन सकिन्छ ।

  • छिटो छिटो सास फरेमा 
  • एक महिनासम्मको शिशु प्रति मिनेट ६० भन्दा बढि सास फरेमा 
  • एक देखि १२ महिनासम्मको बालबालिका प्रति मिनेटमा ५० भन्दा बढि सास फेरेमा 
  • १ देखि ५ बर्षसम्म बालबालिका प्रति मिनेटमा ४० भन्दा बढि सास फेरेमा 
  • सास फेर्दा कोखा हान्ने, ठस ठस कन्ने, घ्यार घ्यार वा स्याँ स्याँ आवाज आएमा 
  • रुघाखोकिसँग सुरु भएको ज्वरो ३र४ दिनसम्म ठिक नहुने, काम ज्वरो आएमा  
  • कफ सहितको खोकि लागेमा 
  • ज्वरोसँगै छाली दुख्ने पेट दुख्ने भएमा
  • ओठ हात खुट्टाको औला निलो हुने 
  • शिशुले दुध कम चुस्ने, शिशु लोसो हुने 
  • माथि उल्लेख गरिएका लक्षणहरु देखिएमा बालबालिकालाई निमोनियाको जोखिम हुन सक्छ । 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.