भारतमा खोप लगाएका ५८० जनामा साइडइफेक्ट, दुई जनाको मृत्यु

६ माघ २०७७, मंगलवार ११:०४

काठमाडौं,६ माघ । भारतमा कोरोनाविरुद्धको खोप लगाएका ५८० जनामा साइडइफेक्ट देखिएको छ । सात जनाको अवस्था गम्भीर भएपछि अस्पताल भर्ना गरिएको छ ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार शनिबार खोप अभियान सुरू भएयता दुई जनाको मृत्यु भएको छ ।शनिबार कर्नाटक राज्यमा कोरोना खोप लगाएका ४३ वर्षीय एक व्यक्तिको मृत्यु भएको छ ।

उत्तर प्रदेशको मुरादाबादमा पनि कोरोना खोप लगाएका ५२ वर्षीय व्यक्तिको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।यो समाचार तयार पार्दासम्म ३ लाख ८१ हजार जनाले खोप लगाइसकेको जनाइएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.