काठमाडौं । विश्वभर पछिल्लो २४ घण्टामा ५ लाख बढी कोरोना संक्रमित थपिएका छन । सोहि अबधिमा ४ लाख बढी संक्रमित निको भएका छन । योसंगै विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ५४ लाख ६४ हजार ८०४ पुगेको छ ।
सोमबार बिहानको तथ्याङ्क अनुसार गत २४ घण्टामा विश्वका २ सय बढी देशहरुमा ५ लाख ३१ हजार १६७ जना कोरोनाका संक्रमितहरु थपिएका हुन । त्यस्तै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ करोड ८१ लाख ५५ हजार ४७९ पुगेको छ ।
यस्तै, गत २४ घण्टामा ९ हजार बढीको मृत्यु भएको छ भने, ३ लाख ७९ हजार ३ सय २८ जना गत २४ घण्टामा कोरोनाबाट मुक्त भएका हुन । कोरोनाको संक्रमण सबैभन्दा धेरै अमेरिकामा छ ।
गत २४ घण्टामा अमेरिकामा १ लाख ६८ हजार ८ सय ५३ जना कोरोनाका नयाँ संक्रमित थपिएका हुन । यस्तै, १ हजार ८ सय बढीको मृत्यु भएको छ भने ७८ हजार ८ सय भन्दा धेरै कोरोनाको संक्रमणबाट मुक्त भएका छन । हालसम्म अमेरिकामा २ करोड ४४ लाख ७६ हजार ३ सय ४३ जलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा धेरै कोरोना संक्रमित थपिनेमा अमेरिकापछि यूके रहेको छ । यूकेमा ३८ हजार ५ सय ९८ जना कोरोनाका संक्रमित थपिएका छन । योसँग यूकेमा संक्रमित हुनेको संख्या ३३ लाख ९५ हजार ९ सय ५९ पुगेको छ । हालसम्म १५ लाख बढी निको भएको यूकेमा १७ लाख ७१ हजार ९ सय ६२ कोरोनाका सक्रिय संक्रमित रहेका छन ।
अमेरिकापछि मेक्सीकोमा गत २४ घण्टामा सबैभन्दा बढीका् कोरोनाका कारण मृत्यु भएको छ । मेक्सिकोमा १ हजार २ सय १९ जनाको कोरोनाका कारण मृत्यु भएको हो ।
हालसम्म मेक्सिकोमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ४० हजार २ सय ४१ पुगेको छ । १६ लाख ३० हजार बढी संक्रमितको संख्या पुगेको मेक्सिकोमा ५ हजार बढी सिरियस केस रहेको वल्र्डोमिटर्सले जनाएको छ ।
गत २४ घण्टामा अमेरिकापछि निको हुनेको संख्या रसियामा धेरै रहेको छ । रसियामा गत २४ घण्टामा २३ हजार ४ सय ४० जना कोरोना संक्रमण मुक्त भएका छन । हालसम्म ३५ लाख ६८ हजार २ सय ९ जना संक्रमित भएको रसियामा ६५ हजार बढीको मृत्यु भएको छ भने २९ लाख ६० हजार ४ सय बढी निको भएका छन ।
संक्रमितको संख्याका आधारमा अमेरिकापछि भारत रहेको छ । भारतमा हालसम्म १ करोड ५ लाख ७२ हजार ६ सय ७२ जना संक्रमित पुगेका छन । १ लाख ५२ हजार ४ सय ५६ जनाको मृत्यु भएको भारतमा २ लाख ९ हजार ५ सय १९ मात्र सक्रिय संक्रमित रहेका छन । गत २४ घण्टामा १३ हजार बढी नयाँ संक्रमित थपिए भने १४ हजार ५ सयभन्दा धेरै निको भएका छन ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com