नेपालमा ३ जनामा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि

५ माघ २०७७, सोमबार १४:१८

काठमाडौं । नेपालमा नयाँ प्रकारको कोरोना भाइरस भित्रिएको पुष्टि भएको छ । बेलायतबाट केही दिन अघि आएका तीनजनामा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

हङकङस्थित प्रयोगशालामा गरिएको परीक्षणमा तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि भएको हो । सोमबार ती नमुनाको रिपोर्ट आएको हो । बेलायतबाट आएका २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरूषमा देखिएको भाइरस यसअघि बेलायतमा देखिएको नयाँ भेरियन्टसँग मिलेको मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरूष संक्रमणमुक्त भइसकेका छन् भने ६७ वर्षीय पुरूषमा पनि कुनै लक्षण देखिएको छैन । केही दिनअघि बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीहरूमा देखिएको कोरोना नयाँ प्रजातिको हो कि होइन भनेर विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङस्थित प्रयोगशालामा पठाइएको थियो । नयाँ प्रकारको कोरोना पुष्टि भएपछि सरकारले थप सतकर्ता अपनाउने तयारी गरेको छ ।

बेलायतसहित युरोपियन मुलुक, अमेरिका र अफ्रिकामा फैलिएको नयाँ प्रजातिको पचास भन्दा बढी देशमा पुगिसकेको छ । विगतको भन्दा यो भाइरस ७० गुणा बढी संक्रामक रहेको पुष्टि भएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.