काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वभर सात लाख पाँच हजार ७८० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा १४ हजार ६६३ जनाको मृत्यु भएको छ ।
पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या नौ करोड ३४ लाख ६६ हजार ४०५ र मृत्यु हुनेको संख्या २० लाख ५५९ पुगेको छ ।
पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ९८ हजार ७३२ जना रहेका छन । सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण तीन हजार ५५२ जनाको मृत्यु भएको छ ।
भारतमा पछिल्लो २४ घण्टाभित्र १५ हजार ५१५ जना नयाँ संक्रमित थपिएका छन । त्यहाँ थप १८९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ४८ हजार ६८२, इटलीमा १७ हजार २४६, ब्राजिलमा ६८ हजार ६५६, जर्मनीमा २२ हजार ९३१, रसियामा २४ हजार ७६३, दक्षिण अफ्रिकामा १८ हजार ५०३, फ्रान्समा २१ हजार २२८, कोलम्बियामा १७ हजार १२१ तथा इरानमा ६ हजार ४७१ जना नयाँ संक्रमित थपिएका छन ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com