एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनले कोरोना भाइरस संक्रमण प्रभावितका लागि १९ खर्ब अमेरिकी डलर बराबरको राहत प्याकेज घोषणा गरेका छन् ।
जनताको नाममा सम्बोधन गर्दै उनले ठूलो कोरोना राहत प्याकेज घोषणा गरेका हुन् । राहत प्याकेजलाई अनुदान र कोरोना रोकथाम तथा नियन्त्रण गरि दुई भागमा विभाजित गरिएको छ ।
कार्यक्रममा सिधै नगद भुक्तानी, बेरोजगारी भत्ता प्रदान, भाडा राहत, खाद्य सहायता, साना व्यावसायीका लागि राहत लगायतका विषय समेटिएका छन् ।
कार्यक्रम अन्तर्गत रहेक अमेरिकी परिवारलाई २ हजार डलर प्रदान गरिनेछ । बाइडेनले घोषणा गरेको यो प्रस्ताव संसदबाट पारित हुन भने बाँकी छ ।
अमेरिकामा दोस्रो लहरको कोरोना संक्रमण देखिएको छ । एक सातादेखि दैनिक दुई लाख भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । दैनिक सरदर चार हजारको मृत्यु भैरहेको छ ।
कोरोनाबाट अमेरिकामा ३ लाख ९८ हजारको मृत्यु भैसकेको छ । २ करोड ३८ लाख ४८ हजारभन्दा धेरै संक्रमित भएका छन् ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com