नेपालमा कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ लाई आपतकालीन प्रयोगका लागि अनुमति

२ माघ २०७७, शुक्रबार १७:५०

काठमाडौं २ माघ । औषधि व्यवस्था विभागले कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको खोपलाई विभागले आपतकालीन अनुमति दिएको हो ।

विभागले दुई दिनअघि आपतकालीलन अनुमतिको लागि प्रयोग गरिने खोप दर्ता आव्हान गरेको थियो ।

कोभिसिल्ड अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासंग मिलेर विकास गरेको खोपको भारतीय संस्करण हो । भारतले यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.