काठमाण्डौ, ८ मंसिर
कोरोना महामारीले विश्व आक्रान्त बनिरहेको बेला नेपालका एक कृषिविज्ञले भने आफूले धेरै कोरोना संक्रमितलाई ठीक बनाइसकेको दावी गरेका छन् । कृषिविज्ञ पुष्प सापकोटाले घरमै दैनिक रुपमा प्रयोग गरिने चिजहरु तथा केही जडिबुटीहरुले कोरोना सतप्रतिशत निको पार्न सक्ने दावी गरेका हुन् ।
जटिल रोग ठिक पार्न सक्ने धेरै जडिबुटीहरु नेपालमै पाइने भएतापनि नेपाल सरकारले यसबारेमा चासो नदेखाएको उनको गुनासो छ । “ कृषि, आयुर्वेद जस्ता कुरालाई सरकारले कहिल्यै प्राथमिकता दिएन” उनले भने “ सायद यसमा एलोपेथिकको जस्तो कमिसन नहुने भएर होला यो ओझेलमा परेको छ ।”

केही समय अगाडी पनि हेर्टौडाका एक आयुर्वेद जानकारले कोरोना निको बनाउने घरेलु तथा आयुर्वेद औषधी बनाएपनि सरकारले त्यसमा कुनै चासो नदिएको उनको भनाई छ ।
कोरोना लाग्दैमा आत्तिनु नपर्ने बताउँदै आफुले दिएको जानकारी अनुसारको चिजबस्तुको मात्रा मिलाएर सेवन गरेमा यो रोग सतप्रतिशत ठिक हुने उनले बताए । आफूले सल्लाह दिएकामध्ये सबैजना कोरोनाबाट मुक्ति पाइसकेको उनको दावी छ ।

“मैले दिएको सल्लाहले कोरोना ठीक नभएमा म जेल जान पनि तयार छु” उनले भने ।
उनले यतिसम्म पनि दावी गरेका छन् कि यदि अरु कसैले उनलाई कोरोना सारिदिए पनि उनले उनीहरुकै अगाडी तीन दिनभित्रमा कोरोनालाई निस्तेज पार्ने ठोकुवा गरे । “
मलाई कोरोना सारिदिनुहोस, म तिन दिनमा नेगटिभ रिजल्ट ल्याएर देखाउँछु ।” उनले दावा गरे ।

उनका अनुसार गुर्जो, टिमुर, ज्वानो, मह, कागती लगायत अन्य धेरै यस्ता चिजहरु कोरोना ठीक पार्नमा लाभदायक भएको बताएका छन् । यदि कोही संक्रमितले उनलाई संम्पर्क गरेमा आफूले निशुल्क कुन चिज कति मात्रामा कसरी सेवन गर्ने सबै बताउने बताएका छन् ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com