काठमाडौं, कात्तिक २४ । उखु मिलहरुले गत वर्ष आफूहरुसँग किनेको उखुको बक्यौता भुक्तानीमा ढिलाइ गरेको भन्दै उखु किसानहरुले आन्दोलन गर्ने घोषणा गरेका छन् ।
उनीहरुले मंसिर २७ गतेदेखि आन्दोलन सुरु गर्ने घोषणा गरेका हुन् । उनीहरुले आइतबार सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै सबै बक्यौता भुक्तानी नभए आन्दोलनमा जाने उखु किसानहरुको भनाई छ ।
किसानमाथि चरम अन्याय हुँदा पनि सरकार मुकदर्शक भएको भन्दै आन्दोलनमा जानुको विकल्प नभएको उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायको भनाई छ ।
किसानको पसिनाको मूल्य नदिने उद्योगीहरुलाई सरकारले संरक्षण गरेको भन्दै रायले वर्षैसाल आफ्नो उत्पादनको पैसा माग्न काठमाडौंमा धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने उनहीहरुको माग छ ।
मन्त्री भट्टले भने कृषकहरुलाई आन्दोलन नगर्न आग्रह गरेका छन् । उनले न्याय दिलाउने भन्दै यस्तो आग्रह गरेका हुन् । किसानको उखु किनेर समयमै रकम भुक्तानी नगर्ने उद्योगीलाई गिरफ्तार गरिने भन्दै उनले जसरी पनि समस्या समाधान गरिने बताए ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com