नेपाल-भारत सीमा र अन्य विदेशी मुलुकमा विपतमा परेर नेपाल आउन चाहने नेपालीलाई ल्याउन र ल्याउन नसके उनीहरूको खाने-बस्ने प्रबन्ध मिलाइदिन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ।
‘विदेशमा खान-बस्न र स्वास्थ्य उपचारको अभाव झेलिरहेका वा विपतमा परेका नेपाली नागरिकको पहिचान गरी नेपाल फर्कन इच्छुकलाई सम्बन्धित मुलुकसँग कूटनीतिक माध्यमबाट समन्वय गरी नेपाल ल्याउने आवश्यक व्यवस्था गर्नू/ गराउनू,’ आदेशमा भनिएको छ, ‘उक्त कार्य तत्काल सम्भव नभए उनीहरूलाई जहाँ छन्। त्यहीँ खान-बस्न र उपचारको यथोचित प्रबन्ध गरी नागरिकको हकहितको रक्षा गर्न आवश्यक पहल गर्नू।’
त्यसैगरी,‘सरकारको पहलमा विदेशबाट नगरी आएमा उनीहरूको अद्यावधिक लगत राखेर मात्र नेपाल प्रवेश गराउने र क्वारेन्टिनमा राख्नू’ भन्ने सर्वोच्चको आदेशमा उल्लेख छ। यदि भारतको सीमामा रहेका नेपाली नागरिकलाई आफ्नो मुलुकमा ल्याउन नसके उतै व्यवस्था गर्न सर्वोच्चले आदेश दिएको छ।
“नेपाल-भारत सीमामा रहेका नेपाल आउन इच्छुक नेपालीलाई ल्याएर निश्चित समयसम्म क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउनू त्यस्तो प्रबन्ध गर्न तत्काल सम्भव नभए भारत सरकारसँग समन्वय गरी लकडाउन अवधिससम्मका लागि निजहरूलाई खाने-बस्ने तथा उपचारको यथोचित व्यवस्था मिलाउन पहल गर्नू,’ सर्वोच्चको आदेशमा भनिएको छ।
भिसा समाप्त भएको वा राहदानीको म्याद समाप्त भएको खण्डमा सम्बन्धित मुलुकसँग समन्वय गरेर उनीहरूलाई विदेशको बसाइँ नियमित गरिदिने व्यवस्था मिलाइदिन पनि सर्वोच्चले सरकारलाई आदेश दिएको छ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com